काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।
अनुगमनका क्रममा मिसावट गरेका, म्याद गुज्रेको सामान बिक्री गरेका व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । अखाद्य भएका नौ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु जफत गरी नष्ट गरिएको प्रमुख पोख्रेलले बताउनुभयो ।