सुनचाँदीकाे भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

काठमाण्डौ । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ थियो ।

आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार सात सय रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ८० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search