आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यी तीन प्रदेशसहित देशका पहाडी भागमा मौसम साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने अनुमान छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, कोशी प्रदेशलगायत बाँकी पहाडी भागका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनीको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । गएराति देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search