राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गर्नुभएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले आज मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो ।

सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । सरकारले चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

अहिले संसद् नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा काम कारबाही अघि बढाउनुपर्ने बाध्यता छ । अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search