सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

काठमाण्डौ । सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय थियो । आज एकै दिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी तोलाको दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search