काठमाण्डौ । चौधरी ग्रुपले जेनजी आन्दोलनका हरेक शहीद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शहीद परिवारलाई रोजगारी दिने घोषणा गर्नुभएको हो ।
जेनजी आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंसले आफूहरुलाई गहिरो पीडा दिए पनि दृढ आत्मविश्वासका साथ पुनःर्निर्माणको यात्रामा अघि बढेको पनि चौधरीको भनाइ छ ।