सुनचाँदीको भाउमा लगातार रेकर्ड : तोलाको २ लाख ३९ हजार नाघ्याे

काठमाण्डाै । लगातार बढिरहेको सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनकाे भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि शुक्रवारदेखि सुनकाे भाउमा कीर्तिमान बन्दै आएकाे छ । त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search