अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध देशका विभिन्न शहरमा प्रदर्शन भएको छ । वासिंटन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलसलगायतका सहरमा हजारौँ नागरिक विरोध प्रदर्शनमा सहभागी भएका छन् ।
प्रदर्शनकारीले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात् ‘लोकतन्त्र राजतन्त्र होइन’, ‘द कन्स्टिच्यूसन इज नट अप्शनल’ अर्थात् ‘संविधान वैकल्पिक होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । ट्रम्प समर्थकले भने प्रदर्शनकारीको सम्बन्ध अति वामपन्थी सङ्गठन ‘एन्टीफा’सँग रहेको आरोप लगाएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
न्यूयोर्क प्रहरीका अनुसार शहरको पाँच ठाउँमा भएको विरोध प्रदर्शनमा एक लाख जनाभन्दा धेरै मानिस सहभागी भएका छन् ।