खाँदबारी । हिमाल अरोहणमा बिभिन्न कीर्तिमान राख्दै आएका प्रख्यात हिमाल अरोहि संखुवासभाको मकालु गाउँपालिका–१ का लाक्पा शेर्पाले अर्को हिमालको सफल आरोहण गरेका छन् ।
उनले इण्डोनेसियाको सबै भन्दा अग्लो हिमाल कास्टैन्स पिरामिडको सफल अरोहण गरेका हुन् । मकालु लाक्पाका नामलेसमेत प्रख्यात युवा आरोहि शेर्पाले इण्डोनेसियाको सबै भन्दा कठिन हिमाल ४ हजार ८ सय ८४ मिटर अर्थात १६ हजार २४ फिट अग्लो हिमालको सफलतापूर्वक अरोहण गरेकाहुन् । उनले स्थानीय समय अनुसार आज बिहान ६ बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
हिमाल आरोहणबाटै बिश्वमा नेपालको नाम राख्ने उद्धेश्य लिएर बिभिन्न कठिन हिमालहरुको सफल आरोहण गर्दे नेपालको नाम बिश्व जगतमा चिनाउदै आएका छन् ।
यस भन्दा अघि पनि हिमाल आरोहणको क्षेत्रमा महत्वपूर्ण हिमाल मकालु हिमालको १६ दिनमा ३ पट सफलतापूर्वक आरोहण गरेर बिश्व र्कीतिमान कायम गरी सकेका छन् । युवा आरोहीको सफलतापूर्वक भएको हिमाल आरोहणले हिमाल अरोणको क्षेत्रमा आन्तरिक र बाह्य आरोहिहरुलाई आकर्षित गरी रहेको छ ।