कैलालीमा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

कैलाली । कैलालीको लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बर्दगोरिया–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीमा रहेको लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेबारे थप विवरण आउन बाँकी छ ।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गुडिरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्रयाक्टर आज दुर्घटना भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search