तिहार बिदाअघि शेयर बजार १६ अङ्कले बढ्याे, काराेबार रकम ३ अर्ब पनि पुगेन

काठमाण्डाै । लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । तिहार बिदाअघि शेयर बजार १६ दशमलव ६७ अङ्कले बढेर २ हजार ५ सय ३ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर १ दशमलव १६ प्रतिशतले उकालो लागेको छ ।

आज आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन म्युचल फन्डको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका ६१ लाख ९९ हजार कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यस वर्षकाे तिहार बिदा भाेलिदेखि शुरू हुँदैछ । अब शेयर बजार आउँदाे आइतवार कात्तिक ९ गते खुल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search