प्रचण्ड संयोजक र नेपाल सहसंयोजक हुने गरी आठ दलबीच एकताको सहमति

काठमाण्डौ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत आठ कम्युनिस्ट पार्टीहरुले पार्टी एकता गर्ने निर्णय गरेका छन् । माओवादीका संयोजक पुष्पकमल दाहाल संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय भएको हो ।

माओवादी र एकीकृत समाजवादीमा एकताविरुद्ध फरक मत भए पनि हिजो बेलुका १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो । पार्टीको नाम टुंग्याउन बाँकी छ भने चुनाव चिह्न पाँचकुने तारा हुने सहमति भएको छ । सहमति पत्रमा माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गरेका छन् । एकता राष्ट्रिय सम्मेलनको आयोजना आउँदो १९ गते हुनेछ ।

एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत काम हुने सहमतिपत्रमा उल्लेख छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search