अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गयो

शक्तिशाली भूकम्पमा परी अफगानिस्तानमा अहिलेसम्म कम्तीमा २० जनाको ज्यान गएको छ भने तीन सय २० जना भन्दा धेरै घाइते भएका छन् । बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समय अनुसार गएराति एक बजे झन्डै २८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको थियो ।

मजार–ए–शरिफका बस्तीका घरहरुमा क्षति पुगेको खबरमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ । यसै वर्ष अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।

विशेषगरी हिन्दु कुश पर्वतशृंखलाको आसपास, युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किने भएकाले अफगानिस्तानमा बारम्बार भूकम्प जाने गर्छ । सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी भागमा सात म्याग्निच्युडभन्दा माथिका १२ वटा भूकम्प गैसकेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search