पाँचखपन ४ मा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगीता हुने

खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ४ लिङलिङमा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगीता हुने भएको छ । बाला चतुर्दशीको अवसरमा वडा स्तरीय खुल्ला पुरुष भलिबल संगै मेलाको आयोजना गरिएको वडा अध्यक्ष तथा बजार व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर तामाङले बताउनु भयो ।

लिङलिङ फापुङ मंगलबारे बजार टोल विकास संस्थाले आयोजना गर्ने कार्यक्रम कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म हुनेछ । प्रतियोगीतामा प्रथम हुनेले नगद रु. ५१ हजार १ सय ५१ रुपैँया, यस्तै दोस्रो हुनेले ३१ हजार १ सय ३१ रुपैँया र सेमिफाइनालिस्ट टिमहरुले ११ हजार १ सय ११ रुपैँया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै गरि सर्वाेत्कृष्ट खेलाडीलाई २ हजार, वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट लिब्रो र अनुशासित टिमलाई १ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक डम्बर याख्खाले बताउनु भयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search