तामाफोकमा १९ औँ गोधुली कप मंसिर १८ देखि

खाँदबारी । संखुवासभाको धर्मदेवी नगरपालिका २ तामाफोकमा लामो समयदेखि सञ्चालन हुँदै आएको गोधुली कप मंसिर १८ गतेदेखि सञ्चालन हुने भएको छ । मिर्मिरे क्लबले आयोजना गर्दै आएको चासुवा गोधुली कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको यो १९ औं संस्करण हो ।
किराँतीहरुको महान् पर्व धान्य पुर्णिमा उधौलीको अवसरमा सञ्चालित प्रतियोगिता मंसिर १८ गतेदेखि २२ गतेसम्म हुनेछ । प्रतियोगिताका विजेताले नगद रु. १ लाख ५० हजार प्राप्त गर्ने छन् भने उपविजेताले ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगताको अवसरमा राष्ट्रिय कलाकारहरुको साथमा सांगितिक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।

संखुवासभाको फुटबल इतिहासमा छुट्टै पहिचान बनाएको गोधुली कप सञ्चालनका लागि सहयोग गर्न तथा कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई क्लवका अध्यक्ष प्रेम जिमीले जानकारी दिनुभयो । तुमोक खेलमैदानमा हुने प्रतियोगिताको प्रत्यक्ष प्रशारण हेर्ने चित्र फेसबुक पेज र हेर्ने चित्र यूटुब च्यानलबाट एकैसाथ प्रसारण हुनेछ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search