सुनको भाउ आज सामान्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ । सुनको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३७ हजार चार सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार २० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search