विना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ को चेतावनी

काठमाण्डाै । ‘जेन–जी मुभमेन्ट अलायन्स’ ले विना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन काठमाण्डौ महानगरपालिकालाई चेतावनी दिएको छ । अलायन्सले आज एक विज्ञप्ति निकालेर बसोवास उठाएर द्वन्द्व सिर्जना गर्नभन्दा पनि समस्या समाधानको बाटो अपनाउन सुझाएको हो ।

‘जेन–जी मुभमेन्ट अलायन्स’ ले भूमि अधिकारलाई नागरिकको पहिचान, आवासीय प्रयोजन र उत्पादनसँग सम्बन्धित नैसर्गिक अधिकारका रूपमा स्थापित गर्दै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्न बाध्य जनसमुदायको समस्या राज्यले समाधान गर्न आवश्यक रहेको बताएको छ ।

अलायन्सले सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा शहरका रूपमा काठमाण्डौ महानगरपालिकाले उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search