लिङलिङ । पाँचखपन नगरपालिका वडा नं. ४ लिङलिङमा आज साँझ राष्टिय कलाकार प्रिति आलेले प्रस्तुति दिने भएका छन् । बाला चतुर्दशीको अवसरमा दोस्रो वडा अध्यक्ष कप वडा स्तरीय खुल्ला पुरुष भलिबल संगै आयोजना गरिएको सांगितिक कार्यक्रममा गायिका प्रिति आले आउने भएको वडा अध्यक्ष तथा बजार व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर तामाङले बताउनु भयो । गायिका आलेको साथमा बिराट तामाङ, मेरिना राई, रबिन श्रेष्ठ र सेजल डान्स सेन्टरको प्रस्तुति रहनेछ ।
लिङलिङ फापुङ मंगलबारे बजार टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रम कार्तिक ३० गतेदेखि सुरु भएको थियो । प्रतियोगितात्मक भलिबल खेलको आजै फाइनल खेल सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रथम हुनेले नगद रु. ५१ हजार १ सय ५१ रुपैँया, यस्तै दोस्रो हुनेले ३१ हजार १ सय ३१ रुपैँया र सेमिफाइनालिस्ट टिमहरुले ११ हजार १ सय ११ रुपैँया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै गरि सर्वोत्कृष्ट खेलाडीलाई २ हजार, वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट लिब्रो र अनुशासित टिमलाई १ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक डम्बर याख्खाले बताउनु भयो । कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्ने चित्रले गरिरहेको छ ।











