शेख हसिनाको सुपुर्दगीका लागि भारतसँग बङ्गलादेशको पुनः औपचारिक आग्रह

बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणबाट मृत्युदण्डको सजाय सुनाइएलगत्तै सुपुर्दगीका लागि आग्रह गरेको बङ्गलादेशले भारतमा नयाँ कूटनीतिक नोट पठाएको हो । विदेश मामिला सल्लाहकार तौहिद हुसेनले पत्रकारसँग कुरा गर्दै भारतसँग पुनः औपचारिक संवाद थालेको बताए पनि विस्तृत विवरण नखुलाउनु भएको समाचार संस्था एएनआईले जनाएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले मानवताविरुद्धको अपराधका मुद्दामा शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ ।

यसैबीच भारतले न्यायाधीकरणको निर्णयलाई स्वीकार गरेको र बङ्गलादेशसँग रचनात्मक रूपमा संलग्न रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ । विदेश मन्त्रालयले निकालेको वक्तव्यमा नजिकको छिमेकीका रूपमा भारत बङ्गलादेशी नागरिकको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताका लागि समर्पित रहेको र यस्ता उद्देश्यहरूलाई अघि बढाउन सबै पक्षसँग मिलेर काम जारी राख्ने उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search