सुमनराज अर्याल मुख्य सचिवमा नियुक्त

काठमाण्डाै । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

२०५३ साल वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गर्नुभएका अर्याल २०७७ साल माघ १९ गते सचिवमा बढुवा हुनुभएको थियो । उहाँले विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

अहिलेका मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण पर्सि बुधवार सेवा निवृत्त हुँदै हुनुहन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search