चुनावका लागि ६४ दल दर्ता

काठमाण्डौ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ । आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search