चुनावका लागि अनुकूल वातावरण बनाउन सरकार लागिरहेकाे छ : गृहमन्त्री अर्याल

काठमाण्डाै । गृहमन्त्री ओमप्रकाश अर्यालले फेरि द्वन्द्व दोहोरिन सक्ने अवस्थालाई धेरै हदसम्म नियन्त्रणमा राखिएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले चुनावका लागि अनुकूल वातावरण बनाउन सरकार तीव्र गतिमा लागिरहेको जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्था सुदृढीकरण, लुटिएका हतियार फिर्ता, फरार कैदीबन्दीको खोजी, सुरक्षा निकायका संरचना पुनर्निर्माण, संवाद प्रक्रिया तथा हेल्प डेस्कमार्फत समन्वयजस्ता उपाय प्रभावकारी रूपमा अघि बढाइरहेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

उहाँले आउँदो प्रतिनिधिसभा चुनावलाई लक्षित गरी सुरक्षा रणनीति बनाउन २० वटा निर्णय भइसकेको र म्यादी प्रहरी भर्ना तथा सेना परिचालनका प्रक्रियासमेत अघि बढाइएको बैठकमा जानकारी गराउनुभयो ।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले धर्ना, जुलुस र विरोध कार्यक्रम गर्ने कार्यको सूक्ष्म निगरानी भइरहेको बताउनुभएको छ । त्यस्ता कार्यलाई मध्यनजर गरी प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

नवयुवाको आन्दोलनपछि विकसित भएको घटनाक्रम र राजनीतिक परिवर्तनपछिको अवस्थाबारे पनि सरकारले छलफल गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search