पाेखराले दियाे जनकपुरलाई १ सय ५६ रनकाे लक्ष्य

काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । पोखराका सुमीत वर्माले नटआउट ५०, दिनेश खरेलले ३८ रन बनाए । जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए ।

एनपीएल तालिकामा जनकपुर सातौं र पोखरा पुछारमा छन् । दुवै टोलीले यसअघिका दुई वटै खेल हारेर अङ्कविहीन छन् । यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search