आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी

आर्टिक क्षेत्रमा बितेको एक सय २५ वर्षयताकै उच्च गर्मी मापन भएको छ । अमेरिकाको समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ को अक्टाेबर र २०२५ को सेप्टेम्बरमा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा उच्च गर्मी मापन भएको हो ।

१३ देशका एक सय १२ जना लेखकले सहकार्य गरेर तयार पारेको रिपोर्टमा पृथ्वीका बाँकी क्षेत्रको तुलनामा आर्टिक क्षेत्रमा तापक्रम वृद्धि उच्च रहेको भनिएको छ । आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढङ्गले बढ्दा त्यहाँको हिउँ लगातार पग्लिरहेको पनि प्रतिवेदनमा उल्लेख रहेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले जनाएको छ ।

स्याटेलाइट तस्वीर लिन थालेको ४७ वर्षयता मार्च २०२५ मा हिउँको सतह सबैभन्दा कम रहेको प्रतिवेदनले देखाएको छ । लेखकहरूले मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारेमा जानकारी गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई हल्ला भन्न थालेपछि अमेरिकी सङ्घीय संस्थानहरूले आफ्नो वेबसाइटबाट जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिजस्ता विषयलाई हटाउने गरेका छन् ।

यस्तै अमेरिका, रुस र नर्वे लगायतका देशले आर्टिक क्षेत्रमा तेल उत्खनन गर्ने योजना बनाइरहेका बेला अमेरिकी निकायले यो प्रतिवेदन सार्वजनिक गर्नु महत्त्वपूर्ण रहेको न्युयोर्क टाइम्सको खबरमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search