नेपालले खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठायाे

काठमाण्डाै । नेपालले खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई वटा हात्ती कतार पठाएको छ । सरकारले उपहार स्वरूप दिएका दुई वटा हात्ती बोकेर कतार एअरवेजको विमान अघि बेलुका ५ बजे भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेको हो ।

कतारबाट दिउँसो चाँडै आएको विमान हुस्सुका कारण अवतरण गर्न नसकेपछि कोलाकाता डाइभर्ट भएर पछि फेरि आएको हो । चितवन राष्ट्रिय निकुञ्जले दुवै हात्तीलाई बिदाइ गरेर हिजै भैरहवा पुर्‍याएको थियो ।

हात्तीसँगै चितवनका एक जना पशु प्राविधिकसहित रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार जानुभएको छ । उहाँहरू कतारका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर फर्कने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search