राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । हिजो सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको आयोगका प्रवक्ता एवम् सह–सचिव नारायणप्रसाद भट्टराईले जानकारी दिर्नुभयो ।

आयोगले सातवटै प्रदेश राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी ठाउँ तोकिसकेको र तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरका लागि तोकिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search