पाँचखपन ३ मा अपांगता भएकाहरुको परिचयपत्र नवीकरण तथा दर्ता सम्पन्न

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ३ का अपांगता भएका व्यक्तिहरुको अपांगता परिचयपत्र नवीकरण तथा दर्ता र जेष्ठ नागरिक परिचय पत्र जारि गर्ने कार्य सम्पन्न भएको छ । बुधबार वडा कार्यालयको प्रांगणमा भएको शिविरमा ५१ जना अपांगता भएका व्यक्तिहरुको परिचयपत्र नवीरहण गरिएको हो । यस वडामा ८३ जना अपांगता भएका व्यक्तिहरु छन् । जसमध्ये ९ जना रातो, २५ जना निलो र ६ जना पहेलो परिचयपत्र जारी गरिएका अपांगता भएका व्यक्तिहरु छन् । शिविरमा ११ जना अपांगता भएका व्यक्तिहरुको परिचयपत्र जारी गरिएको छ ।

सोमबार देखि पाँचखपनका वडाहरुमा १० दिने घुम्ती शिविर सुरु गरिएको छ । हरेक नयाँ आर्थिक वर्षमा परिचयपत्र नवीकरण र दर्ता गरिए पनि अपांगताहरुको वर्ग निर्धारणका लागि अध्यावधिक गर्नुपर्ने भएकाले शिविर सञ्चालन गरिएको हो । जसमा सुधार भएका अपांगता भएकाहरुको सुविधा कटौती तथा समस्या थप हुँदै गएकाहरुको वर्ग थप गर्नुपर्ने भएकाले शिविर नै आयोजना गर्नुपर्ने भएको हो ।

पाँचखपन नगरपालिकामा ४ सय ८१ जना अपांगता भएका व्यक्तिहरु छन् । जसमा ३ सय ४८ जना अपांगता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भक्ता लिइरहेका छन् । स्थानीय तहहरुको तुलनामा सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने अपांगता भएका व्यक्तिहरुको संख्या पाँचखपनको रहेको छ । जसका कारण अपांगता भएकाहरुको अध्यावधिकका लागि स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ्य परिक्षणसहित शिविर सञ्चालन गरिएको हो । शिविर प्रत्येक वडा कार्यालयको केन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म सञ्चालन भई पौष १६ गते सम्पन्न हुनेछ ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search