यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टरबाट १४ जना बिचाैलिया पक्राउ

काठमाण्डाै । यातायात व्यवस्था कार्यालय राधे राधे भक्तपुर, गुर्जुधारा काठमाण्डौ तथा काठमाण्डौ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका ठाउँबाट १४ जना बिचौलिया पक्राउ परेका छन् ।

उनीहरूले काम छिटो गराइदिने भन्दै सेवाग्राहीलाई दुःख–हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीको दैनिक काम कारबाहीमा समेत प्रभाव पार्ने गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका झमकलाल श्रेष्ठ, दीपा कटुवाल र दिवस लामा, काभ्रेका अनिमेष अवा, सन्तोष स्याङतान र दिलिप खड्गी, दोलखाका बासु खड्का, झापाका भीमबहादुर नेम्वाङ, काठमाण्डौका प्रदीप श्रेष्ठ, शर्मिला चौलागाईं र रन्जित महर्जन, पर्वतका दुर्गाप्रसाद न्यौपाने, नवलपरासी पूर्वका अर्जुन चौधरी, सुनसरीका सरोज ढुङ्गाना रहेका छन् ।

उनीहरूले लिखित र ट्रायल फेल भएकाहरूलाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान रहेको र पास गराइदिने भन्दै १० हजार रुपैयाँसम्म लिने गरेका खुलेको छ ।

साथै उनीहरूले लाइसेन्स प्रिन्ट र ब्लु बुक लगायतका कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भन्दै थप रकम लिने, मेडिकल फेल भएकाहरूलाई पास गराइदिने भन्दै थप रकम लिने गरेका प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search