चिसो बढेसँगै तराईमा टाउको दुखाइका बिरामीको संख्या बढ्दो

मोरङ । तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुखाइका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, तापक्रमको परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या, मांसपेशी कडा हुनु तथा रक्तसञ्चारमा असर पर्नुले जाडोमा टाउको दुखाइ बढ्ने गर्दछ ।

जाडोमा तिर्खा कम लाग्ने भएकाले पानी कम पिउँदा डिहाइड्रेसन भई टाउको दुख्ने समस्या देखिन्छ । त्यसैगरी घाँटी र काँधमा चिसो लाग्दा पछाडिबाट अगाडितर्फ फैलिने दुखाइ, साइनस र माइग्रेनका समस्या पनि बढ्ने चिकित्सकहरूको भनाइ छ ।

तापक्रमको अचानक परिवर्तन, निन्द्राको गडबडी, मानसिक तनाव तथा भिटामिन ‘डी’ को कमीले पनि समस्या बढाउँछ । उच्च रक्तचाप भएका, वृद्धवृद्धा, दीर्घरोगी तथा लामो समय मोबाइल–कम्प्युटर प्रयोग गर्नेहरू बढी जोखिममा छन् । बारम्बार वा औषधिले निको नहुने टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने वा ज्वरोसँगै दुखाइ भए तुरुन्त सल्लाह लिन डाक्टरहरूले आग्रह गरेका छन् ।

टाउको दुखाइबाट बच्न पर्याप्त पानी पिउने, न्यानो कपडा लगाउने, घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने र घाँटी–काँधको हल्का व्यायाम गर्न सुझाव दिइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search