चिसो बढेपछि कञ्चनपुरका ३ वटा पालिकाका विद्यालय बन्द

कञ्चनपुर । अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि कञ्चनपुरको तीनवटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बालबालिकालाई चिसोले समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् ।

हिजोदेखि भोलिसम्मका लागि तीन दिन सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन विद्यालय बन्द गरिएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पुस २५ गते सम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो । त्यस्तै, लालझाडी गाउँपालिकाले पनि सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी आज र भोलि दुई दिन बिदा दिएको जनाएको छ । लगातारको चिसोका कारण कञ्चनपुरसहित तराई/मधेशको जनजीवन प्रभावित बनेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search