काठमाण्डौ । हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो । भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै अस्ति तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज तोलाको ४ हजार ९ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलामा १ सय ९५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।











