उर्गेन छ्योलिङ गुम्बाद्धारा आयोजित त्रिपिटक (काङ्युर) पाठ प्रवचन सम्पन्न

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ स्थित उर्गेन छ्योलिङ गुम्बाले आयोजना गरेको (काङ्युर) पाठ अर्थात बुद्ध वचन त्रिपिटक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । निङ्मा इन्सिच्युट मार्ताम सिक्किम कलेजका आचार्य गुरुहरु शेराव गुरुङ, मिग्मार श्रीङ शेर्पा र छेवाङ शेर्पाको उपस्थितिमा पौष देखि गुम्बाको प्रांगणमा प्रवचन सुरु भएको हो । प्रवचन कार्यक्रम आगामी पौष १७ गते देखि २२ गतेसम्म सञ्चालन भएको थियो । प्रवचन कार्यक्रममा बौद्ध धर्मावलम्वी लगायत अन्य धर्मका भत्तजनहरुको उपस्थिति रहेको थियो । जिल्लामा नै पहिलो पटक सञ्चालन गरिएको त्रिपिटक प्रवचन कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको गुम्बाका सचिव हस्त बहादुर तामाङले बताउनु भयो ।

धार्मिक प्रवचनको अवसरमा सोही गुम्बाबाट बौद्ध शिक्षा आरम्भ गरी निरन्तर ६ वर्ष ध्यान तपस्या सिद्ध गरी फर्किएका आनी सरिना तामाङ लगायत लामागुरुहरुको उपस्थितिरहेको थियो । कार्यक्रम उद्घाटनको दिन मकालु १ निबासी समाजसेवी मिङ्मा शेर्पाले नगद ३ लाख ५० हजार बराबरको भगवान च्याङ्रेसी बुद्धको मुर्ति हस्तान्तरण गरेका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search