काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पोखरामा आयोजना गरेको एनएसजेएफ स्पोट्र्स अवार्डको २२औँ संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ट्रेलब्लेजर अवार्ड प्राप्त गर्दा करातेकी एरिका गुरुङ र क्रिकेटका दीपेन्द्र सिंह ऐरी वर्ष २०८१ का उत्कृष्ट खेलाडी बनेका छन् ।
एनएसजेएफले पलेशालाई एनएसजेएफ ट्रेलब्लेजर अफ दि इयर अवार्डबाट सम्मान गरेको हो । एनएसजेएफले प्रदान गर्दै आएको १० विधाबाहेक यो अवार्ड विशेष पदकका लागि प्रदान गरिएको हो । सन् २०२४ को पेरिस पारा ओलम्पिकमा पलेशाले ५७ केजी तौल समूह के–४४ क्याटेगोरीमा कास्य पदक जित्दै नेपालले ओलम्पिक इतिहास रचेको थियो ।
साथै, यो नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको अहिलेसम्मकै ठूलो पदक हो । एनएसजेएफ वर्ष खेलाडी (पुरुष) को अवार्ड राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले जितेका छन् । क्रिकेटर ऐरीका लागि यो वर्ष सफल रह्यो । एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै उनले विश्वव्यापी चर्चा कमाएका थिए । यस विधामा उसुका विजय सिन्जाली, क्रिकेटका कुशल भुर्तेल, खो–खोका जनक चन्द तथा टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन् ।
एनएसजेएफ वर्ष खेलाडी (महिला) ८८ को अवार्ड लगातार दोस्रो पटक करातेकी सुपरस्टार खेलाडी एरिका गुरुङले जितेकी छन् । एनएसजेएफ युवा वर्ष खेलाडीको अवार्ड यू–१९ महिला क्रिकेट टोलीकी पूजा महतोले जितेकी छन् । एनएसजेएफ वर्ष प्रशिक्षकको अवार्ड पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जितेका छन् । एनएसजेएफ पारा एथलेट अवार्ड प्रभा आङ्देम्बेले प्राप्त गरेकी छन् । एनएसजेएफ पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका छन् ।
एनएसजेएफ टिम अफ दि इयरको अवार्ड खो–खोका महिला र पुरुष टोलीले संयुक्त रूपमा जितेका छन् । एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ एथलेटिक्सका पूर्व खेलाडी तथा प्रशिक्षक खड्ग रानाभाट सम्मानित भएका छन् । एनएसजेएफ स्पेसल अवार्ड तेक्वान्दो विज्ञ तुलसीकुमार गुरुङले प्राप्त गरेका छन् ।
एशियन स्पोट्र्स जर्नलिस्ट अवार्ड बङ्गलादेशका मोहम्मद हसन उल्लाह खानले प्राप्त गरेका छन् । पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्ड विजेताले











