संखुवासभाको धर्मदेवी नगरपालिका १ महभीरमा फुटबल प्रतियोगिता हुने भएको छ । २८६२ औं सोनाम ल्होछारको अवसरमा प्रगतिशिल युवा क्लवले ५ औं संस्करणको सोनाम ल्होछार कप पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो । प्रतियोगिता माघ १ गते देखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमले ४५ हजार र उप विजेताले नगद २५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता साथै सेमिफाइनल देखि म्यान अफ द म्याचलाई पुरस्कार दिइने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ हजार रहेको छ भने खेल सेभेन ए साइडमा खेलाइने छ । पौष २९ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।

हाम्रो संस्कृति हाम्रो शान, पर्यटन प्रबद्र्धनका लागि ल्होछार अभियान भन्ने मुल नाराका साथ प्रतियोगितासंगै विविध सांस्कृतिक साँझको आयोजना गरिएको छ । माघ ५ गते साँझ ७ बजे बछि हुने सांस्कृतिक साँझमा स्काई डान्स सेन्टर, गायिका सन्जिता याख्खा, रेश्मा बराइली लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा तथा खानाका विभिन्न स्टलहरु राखिनेछन् । कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्ने स्पोर्टस्, हेर्ने चित्र स्पोर्टस् र हेर्ने चित्र फेसबुक पेजबाट हुनेछ ।











