काठमाण्डौ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा तनाव थप चर्किन सक्ने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गरेको छ । सरकारले संयुक्त राष्ट्रसङ्घको चार्टरमा उल्लेखित राष्ट्रहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गर्नुको महत्त्वमा जोड दिएको छ ।
नेपाल सरकारले विवादहरू संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।











