विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपील

काठमाण्डाै । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षसँग तत्काल वार्ता गर्न नेतृत्वलाई अपील गरेका छन् । विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट अगाडि बढ्न पार्टी सभापति शेरबहादुर देउवासँग उनीहरूको आग्रह छ ।

ललितपुरको कुपण्डाेलमा आज बिहान भएको छलफलपछि विज्ञप्ति निकालेर ती केन्द्रीय सदस्यहरूले एकताबद्ध भइ परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई अपील गरेका हुन् ।

पार्टीले १५औँ महाधिवेशन आउँदो वैशाख २८ देखि ३१ गतेका लागि सारेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाण्डौको भृकुटीमण्डमा विशेष महाधिवेशनको भेला बोलाउनुभएको छ ।

विशेष महाधिवेशन आह्वानपछि कांग्रेसभित्रको शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search