हिजो र अस्ति घटेको सुनको भाउ आज २ हजार १ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ । सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३५ रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ९ सय ३५ रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search