कुमाल समाज नेपाल जिल्ला समिति संखुवासभाले माघी पर्व विशेष कार्यक्रमका साथ मनाउने भएको छ । कुमाल जातीहरुको महान पर्व माघीको अवसरमा खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटार स्थित सालबिसौनामा विशेष कार्यक्रमको आयोजना गरिएको हो । सम्पूर्ण कुमालहरु एक होऔं, कुमाल संस्कृति र परम्पराको संरक्षण गरौं भन्ने मुल नाराका साथ माघी पर्व विशेष शुभकामना आदानप्रदान, खानपिन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न जातजातिको झाँकी प्रदर्शनको आयोजना गरिएको आयोजकले जनाएको छ ।
माघ १ गते कुमाल समुदायको उल्लेख्य उपस्थितिसहित कार्यक्रम सम्पन्न हुने आयोजकले अपेक्षा राखेको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्ने चित्रले गर्नेछ ।











