हाम्रो माग देउवाबाहेक अरूलाई प्रधामन्त्री तोकेर जाऔँ भन्ने मात्रै हो : गगन थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदाे चुनावमा प्रधानमन्त्रको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरूको माग रहेको बताउनुभएको छ ।

आज नेपाली कांग्रेसको विशेष महाधिवेशमा सम्बाेधन गर्दै महामन्त्री थापाले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनुभयो । उहाँले विशेष महाधिवेशनपछि कांग्रेस सुधारिएर आएको सन्देश नागरिकमा दिनुपर्ने भन्ने आफूहरूको मागलाई बेवस्ता गरिएको उल्लेख गर्नुभयाे । सभापति शेरबहादुर देउवाबाहेक अरू जसलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्दा पनि आफूहरूलाई मान्य हुने थापाकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई भनेको होइन, जसलाई बनाउने हो बनाउनुस्, तर नेपाली कांग्रेसले अब चुनावमा जाँदै गर्दा शेरबहादुर देउवाबाहेक अरू जसलाई बनाए पनि हुन्छ । त्यो अपमान गरेर भनेको होइन । हाम्रो दाई हो, नेता हो, अपमान गरेर भनेको होइन ।’

महामन्त्री थापाले सहमतिका नाममा आफूहरूलाई अल्मल्याउने काम मात्रै भएको आराेप लगाउनुभयाे । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिका नाममा समय बिताउने मात्रै काम गरिएको उहाँको गुनासो छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search