पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेलको लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो ।

अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १ सय ५५ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दीपायलमा प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३५ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ तोकिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search