अस्ट्रेलियाका इयान हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक नियुक्त

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इयान हार्भेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले आउँदो टी–२० विश्वकप तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै अनुभवी प्रशिक्षक हार्भेलाई टोलीमा समेटेको हो । टी–२० विश्वकप आउँदो फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा शुरू हुँदैछ ।

प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । भारत र श्रीलंकाका ८ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ । नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search