साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपालले बङ्गलादेशलाई ४–१ गाेलले हरायाे

काठमाण्डाै । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो पाँचाैँ खेलमा बङ्गलादेशलाई हराएकाे छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गाेलले हरायाे । नेपालका लाक्पा तामाङ, सराेज तामाङ, सञ्जय स्याङ्तान र विक्रान्त नरसिंह रानाले गाेल गरे । बङ्गलादेशका एमडी रहबर वाहेद खानले गाेल गरे ।

प्रतियोगितामा नेपालकाे याे दाेस्राे जीत हाे । नेपाल यसअघि नै उपाधि प्रतिस्पर्धाबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेल्दा चाैथाे खेलमा माल्दिभ्ससँग २–१ गाेलले पराजित भएकाे थियाे ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search