चुनावमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाण्डाै । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आउँदाे प्रतिनिधिसभा सदस्य चुनावमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

चुनावमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आउँदाे चुनावमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले चुनावलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, चुनावको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुन्छ । विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र चुनावसँग छ ।’

निर्वाचन आयोगले आउँदाे चुनावमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको छ । यस सन्दर्भमा टिकटकजस्ता प्लेटफर्महरूबाट प्राप्त प्रतिबद्धता तथा सहयोगलाई आयोगले सकारात्मक रूपमा लिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search