काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले ८ वटा सहकारी संस्थालाई ७ दिनभित्र घर बहाल तिर्न समय दिँदै सार्वजनिक सूचना प्रकाशित गरेको छ । महानगरको कानून तथा मानव अधिकार विभागले आज सूचना निकालेर घर बहाल नतिर्ने ८ वटा सहकारीलाई ७ दिने अल्टिमेटम दिएको हो ।
काठमाण्डौ महानगरले वडा–३१ मा रहेको आशा बचत तथा ऋण सहकारी, वडा–६ मा रहेका नव सबल सहकारी÷सन्दुप सहकारी र सुन्ताखाल बचत तथा ऋण सहकारी, वडा–१७ मा रहेको युनिफाइड बचत तथा ऋण सहकारी, वडा–२२ मा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी, वडा–३२ मा रहेको प्रारम्भिक बचत तथा ऋण सहकारी, वडा–१० मा रहेको ग्रेट गङ्गासागर बचत तथा सहकारीलाई अल्टिमेटम दिएको हो ।
महानगरले सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति–लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा संस्थाका सदस्यहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्रमा कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न भनेको छ ।
तोकिएको समयभित्र सहकारी संस्थाका व्यक्तिहरू सम्पर्कमा नआएमा बहालमा लिएका घर/कोठा न्यायिक समितिको निर्णयअनुसार खाली गरिने सूचनामा उल्लेख छ ।











