हिजो र अस्ति बढेको सुनको भाउ आज तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ६ सय २० रुपैयाँले घटेको छ । चाँदी ६ सय २० रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको ५ हजार ६ सय रुपैयाँ थियो । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search