पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका बुबाकाे अन्त्येष्टि

काठमाण्डाै । पूर्वप्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईका बुबा भोजप्रसादको अन्त्येष्टि भएको छ । उहाँको पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि भएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराईका बुबा भोजप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । केही दिनदेखि बाँसबारीमा रहेको न्युरो हस्पिटलमा उपचाररत उहाँको त्यही निधन भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search