सुनको भाउ आज तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले घटेको छ । चाँदी २ सय ७० रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ८० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search