खाँदबारी । संखुवासभा सदरमुकाम खाँदबारीमा फिल्म हल सञ्चालनमा आउने भएको छ । खाँदबारीको बुद्ध चोकमा स्थापित जिएसएफ सिनेमा हल माघ २४ बाट सञ्चालनमा आउने भएको हो ।
हलमा विहान, दिउँसो र साँझ गरि दैनिक ३ सो चलचित्र प्रदर्शन गरिने हलका मेनेजिङ्ग डाईरेक्टर राजिव श्रेष्ठले जानकारी दिनुभयो । माघ २४ गतेदेखि विहान ९ बजे परान प्रदर्शन हुने श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै दिउँसो १२ बजे कुमारी र साँझ ६स् ३० बजे रमिताको पिरति प्रदर्शन हुनेछ । टिकट शुल्क २५० रूपैयाँ तोकिएको छ । कुमारी र रमिताको पिरती माघ २३ मा रिलिज भएको चलचित्र हो भने परान सय दिन मनाउन सफल चलचित्र हो ।
चलचित्र हल सञ्चालनले खाँदबारीको ब्यावसायिक चहलपहल बृद्धि हुने अपेक्षा गरिएको जिएसएफ सिनेमा हलका मेनेजिङ्ग डाईरेक्टर श्रेष्ठले बताउनुभयो ।











