खाँदबारीमा भेट्रान्स फुटसल सम्पन्न: ६ एम ग्रुपले जित्यो १७ केजीको खसी

खाँदबारी । ​संखुवासभाको खाँदबारीमा ३० वर्ष माथिका खेलाडीहरू सहभागी ‘भेट्रान्स फुटसल प्रतियोगिता’ उत्साहजनक रूपमा सम्पन्न भएको छ। फुटसल खेलको विकास, शारीरिक स्वास्थ्य र पुराना साथीभाइबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको उपाधि ‘६ एम ग्रुप’ (6 AM group) ले चुमेको छ।

​अत्यन्तै प्रतिस्पर्धात्मक र रमाइलो बनेको फाइनल खेलमा उपविजेता बनेको ‘गुड ब्वाई क्लब’ (group boy club) लाई पछि पार्दै ६ एम ग्रुपले जित हासिल गरेको हो ।

प्रतियोगितामा प्रथम हुने ६ एम ग्रुपलाई १७ केजी बराबरको खसी पुरस्कार स्वरूप प्रदान गरियो। यस प्रतियोगितामा विजेतालाई मात्र मुख्य पुरस्कारको व्यवस्था गरिएको थियो भने उपविजेता टोलीलाई कुनै औपचारिक पुरस्कार राखिएको थिएन।

​खेलका बारेमा जानकारी दिँदै स्थानीय खेलप्रेमी राजन भट्टराईले प्रतियोगिता निकै आकर्षक र सफल भएको बताउनुभयो । ३० वर्ष उमेर नाघेका खेलाडीहरूको जोस र जाँगरले खेल मैदानमा छुट्टै रौनक ल्याएको थियो। खेल समापनपछि सहभागी खेलाडीहरूले यस्ता प्रतियोगिताले स्वास्थ्य र मनोरञ्जन दुवै दिने भन्दै आगामी दिनमा पनि यस्ता खेलहरू आयोजना गर्न आयोजकलाई विशेष हौसला प्रदान गरेका छन्।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search