सुनको भाउ आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको ४ हजार ७ सय १० रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search